साउदीमा अब महिला पनि सेनामा भर्ती हुन पाउने।

एजेन्सी := साउदी अरब राज्यले महिलालाई पनि सेनामा भर्ती गर्ने भएको छ । सो राज्यले यो कदम राज्यमा महिलाको अधिकार वृद्धि गर्न लक्षित श्रृंखला को नयाँ कदम हो ।

आइतबार राज्यले सशस्त्र बलमा महिलालाई भर्ती गर्न खुल्ला गरेको हो । अरब न्यूज एजेन्सीका अनुसार साउदीका महिलाहरु लान्स कोपरल, कोपरल, सार्जन्ट र स्टाफ सार्जटमा भर्ती हुन सक्नेछन् ।

महिला आवेदकको लागि केहि थप मापदण्ड थपिएको छ । यो योजना पहिलो पटक सन् २०१९ मा घोषणा गरिएको थियो ।