शिवराजका कृषकलाई कृषि सामाग्री हस्तान्तरण।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिकामा कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । शिवराज नगरपालिका वडा नं.३ का ४९ जना कृषकहरुलाई घाँस काट्ने चारामेसिन, ६ जनालाई धान काट्ने मेसिन र ३ जनालाई पानी तान्ने मोटर गरि ५८ जना किसानलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटले बताए । वडाको वार्षिक कार्यक्रम अन्तर्गत बिनियोजित रु ५ लाखको बजेटमा सो सामाग्री हस्तान्रण गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले कृषकलाई सामाग्री हस्तान्तरण गर्दैे समृद्ध नगरको लागि कृषकको अहम भुमिका हुने भएकोले कृषि कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिएको बताए । नगर प्रमुख अधिकारीले कृषकलाई प्रोत्साहन गर्न वडाले बजेट बिनियोजन गरेको अध्यक्षलाई धन्यवाद दिँदै कृषि सामाग्रीहरुलाई सहि सदुपयोग गर्न कृषकलाई उनले आग्रह गरे ।

नगरको र स्वयंम कृषकको रकम समेत संयोजन भएकाले पेशामा सहज हुने अधिकारीले जनाए । वडाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत गरि जम्मा ८ लाख ३३ हजार रकम बराबरको लगानीमा कृषि सामाग्री हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।