बहुचर्चित बन्दै “परदेशीया सजना” नामक म्युजिक भिडियो (भिडियो सहित)

कैलाली := बहुचर्चित गायक गायिकाद्वय खेम चौधरी र समिक्षा चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ थारु म्युजिक भिडियो “परदेशिया सजना” युट्युबमा सार्बजनिक भएको छ।

रियल लाईफमा एउटा परदेसी ले गर्ने प्रेम को अनुभुती अनि प्रेमिका ले गर्ने प्रेमपुर्ण पर्खाइ लाई श्याम चौधरीले आफ्नो रिल लाईफमा आफ्नो शब्द र सङ्गित मार्फत बयान गरेका छन।

“मनलागेना अब बिन तोहार” भन्ने बहुचर्चित गीतबात सबै को मन मा बस्न सफल कलाकार,मोडल नरेश चौधरी र नव डेब्यु मोडल सबिना महतोको यस् नयाँ भिडियोमा मनमोहक अभिनय देख्न सकिन्छ।

अभिनेता नरेश चौधरी पेसा ले कुसल इन्जिनियर हुनुको साथै समाजसेवी पनि हुन भने सबिना महतो स्टाप नर्स पढिरहेकी विद्यार्थी हुन।

यस् म्युजिक भिडियोमा पुरै फिल्म को जस्तै स्वाद भर्नको लागि भिडियोमा सुरज देव कुसुम्याको कथा लेखनको साथै नृत्य निर्देशक र निर्देशन पनि आफैंले गरेका हुन।
सुरज देव कुसुम्या उनै हुन जसले एक पछि र्को चर्चित थारु म्युजिक भिडियोमा निर्देशन भरि थारु कलाकारिता क्षेत्रलाई सफलताको बाटोमा डोर्याउने कोसिस गरिरहेको छ।

थारु म्युजिक भिडियो उधोगका पिलर मानिने गायक,संगीतकार गणेश चौधरी ले यो गीतको ब्यवस्थापन गरेका हुन।

भिडियोमा बालापन को प्रेम लाइ विभिन्न आरोह अबरोह पश्चात् अन्त्यमा विवाहमा लागेर टुङ्याइको देखाइएको छ। जसलाई क्यामराम्यान रामु चौधरीले आफ्नो क्यामेरामा कैद गरि कुसलता पुर्वक सम्पादन गरेका छन।

“पर्देसिय सजना” रिलिजको दिनदेखिनै अत्याधिक दर्शकको वाहवाही पाउनुको साथै आम जनमानसको मनमा बस्न सफल भै युट्युबमा अति उत्साह जनक भ्युज बटुलिरहेको छ। भने समाजिक संजालमा समेत व्यापक चर्चा कमाईरहेका छ्न।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :