[ अभय दुबे ]
बारा:= बाराको हुलाकि राजमार्ग अन्तर्गत लङ्गडा चौक स्थित अस्थायि ट्राफिक पोष्टमा बिहिबार देखि ईन्चार्जको जिम्मेबारी ट्राफिक प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेतले सम्हालेका हुन।
प्रहरी सहायक निरीक्षक बस्नेतले जिम्मेवारी सम्हाले लगतै लङ्गडा चौकमा रहेको पसल तथा स्थानिय बासिहरुलाई एउटा एउटा फुल दिदै ट्राफिक नियम बारे जानकारी दिनु भएको छ । जसको कारणले सडक दुर्घटना कम हुने बिश्वास लिनु भएको छ।

त्यस्तै सडकमा हिड्ने यात्रुहरुलाई पनि फुल दिई सवारी साधन तिब्र गतिमा नचलाउन , हेलमेट सधै लगाउनु पर्छ । सवारी साधन किताब ( ब्लुबुक ) र सवारी चालक अनुमति पत्र साथमा राखेर हिड्न जानकारी सहित प्रशिक्षण दिदै परिचय गर्नु भएको छ ।

उक्त कार्यक्रममा ट्राफिक प्रहरी सहायक निरीक्षक बस्नेत सहित लङ्गडा चौक अस्थायि ट्राफिक पोष्टका ट्राफिक हवल्दार धर्मेन्द्र झा र रामपुकार पाण्डे लगायतको सहयोग रहेको थियो ।




















