प्रचण्ड-माधव समुहको नेकपाको सभालाई १४ जना नेताले सम्बोधन गर्ने।

काठमाडौं:= प्रचण्ड–माधव समूहको आमसभालाई १४ जना नेताले सम्बोधन गर्ने हुनु भएको छ । वक्ताहरुमा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठलगायत रहनु भएको छ ।

यसैगरि शीर्ष नेताहरू प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सभालाई सम्बोधन गर्नुहुनेछ। कार्यक्रमको सञ्चालन लिलामणी पोखरेलले गर्नुहुने भएको छ भने सभाको अध्यक्षमा हितबहादुर तामाङ हुनुहुने कार्यक्रम रहेको छ ।