भागरथी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा पुष्टि।

बैतडी := बैतडीमा बिहीवार मृत अवस्थामा फेला परेकी १७ वर्षीया नेपाली युवती भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका-७ की भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तम सुवेदीले बताए।

‘पोस्टमार्टममा कज अफ डेथ हेर्दा बलात्कारपछि घाँटी थिचेको देखिएको छ,’ उनले भने।
उनले सामूहिक बलात्कार हो वा होइन भन्ने बारेमा थप परीक्षण भइरहेको जानकारी दिए।
‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौँ’, उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ।’