बटिक फ्याक्ट्रिमा पस्यो बाढी, रातो पानीले इन्डोनेसियाको गाउँ डुबानमा।

एजेन्सी := इन्डोनेसियनको जेनगट गाउँ बाढीका कारण डुबानमा परेको छ। कपडामा रंग भर्ने बटिक फ्याक्ट्रीभित्र बाढी पसेपछि रगत जस्तै रातो रंगको पानीले गाउँ नै डुबानमा परेको हो।

इन्डोनेसियाका सामाजिक संजाल प्रयोगकर्ताहरुले रातो पानी बगिरहेको तस्विरहरु सेयर गरिरहेका छन्। पानी परेपछि उक्त रंग आफै हट्ने बताइएको छ।

पेकालङगनका नदीमा बग्ने पानीको रंग यसअघि पनि बटिक डिजाइनका लागि प्रयोग हुने रंगका कारण परिवर्तन हुने गर्थ्यो। इन्डोनेसियामा बाढी नियमित रुपमा नै आउने गर्छ।