कतार सरकारले चाल्यो कडा कदम, ३२ बुँदे सूचना पालना नगरे २ लाख रियाल जरिवाना।

दोहा (कतार):= माहामारीको रुपमा विश्वभर फैलिएर तबाही मचाईरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई नियन्त्रण गर्नको लागि कतार सरकारले चालिएको ३२ बुँदे सूचना पालना नगर्नेलाई २ लाख रियाल जरिवाना र तीन बर्षसम्म कैद गर्ने जनाएको छ।

कतारको दोहास्थित नेपाली दुतावासले एक सुचना सार्वजनिक गर्दै कतारी नियमलाई कडाईका साथ पालना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।

कतारमा पुन: कोरोना संक्रमण फैलिन थालेपछि कडाई गर्नको लागि ३२ बुँदे स”चना जारी गरिएको हो ।
संक्रमण बढेपछि सरकारले सरकारी तथा निजी क्षेत्रमा ८० प्रतिशत मात्रै श्रमिकले काम गर्न पाउने, मेट्रो तथा सार्वजनिक बसमा ३० प्रतिशत मात्रै यात्रा गर्न पाइने नियमलाई कार्यान्वयनमा ल्याएको छ।

दूतावासले क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा इतराज एम्लीकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला नहुन, सार्वजनिक स्थल वा समुद्री किनारामा १५ जना भन्दा बढी भेला नहुन, सवारी साधानमा चालकसहित ४ जनाभन्दा बढी यात्रा नगर्न लगायत नियमलाई पालना गर्न आग्रह गरेको छ ।

हालसम्म बिना माक्स हिँड्ने ७ हजार जनालाई पक्राउ गरिसकेको आन्तरिक मन्त्रालयले जनाएको छ।
२३ डिसेम्बरबाट कोरोना विरुद्धको खोप लगाउन थालेको कतारमा हाल दोश्रो डोज दिन थालिएको छ।