[ अभय दुबे ]
बारा := रौतहट जिल्लाको गुजरा नगरपालिका अन्तरगत वडा नम्बर. २ मा पर्ने श्री माध्यमिक विद्यालय रंगपुर नयाँबस्ती कटानीका विद्यालयहरुको शैक्षिक अवस्था निकै कमजोर देखिएको छ।
केही स्थानीय सञ्चारकर्मीहरुको समुह सो विद्यालयमा अनुगमन गर्न जाँदा त्यहाँका स्थानिय अवदुल सलामले विद्यालयको अवस्था बारे जानकारी गराउदै दुखेसो पोखेका हुन ।
नगरपालिकाले खासै चासो नलिएका कारण सो विद्यालयहरुमा चर्पी , खानेपानी, विधुत्त, खेलकुद मैदान, बिज्ञान ल्याब , पुस्तकालय र कक्षाकोठा व्यवस्थापन , राम्रो नभएकाले विद्यार्थीहरुको भविष्य अनियौलमा पर्नुको साथै ती विद्यार्थीहरु को बिचल्ली भएका छन।



साथै विद्यालय भवनहरुमा बेच्न डेस्क , झयाल लगायत दक्ष शिक्षक शिक्षिकाहरुको अभाव समेत भएको स्थानीय वासिन्दाहरुले जानकारी दिनुभयो् ।
नगरपालिकाले सूचना नै प्रबाह नगरि आफनो मनमानी ढंगले विद्यालयमा बारम्बार बिदा दिएर बिधार्थीको उज्जवल भबिष्यलाई समेत अन्धकार तर्फ धकेलन खोजिएको स्थानियहरुले नगरपालिकामाथी आरोप लगाएका छन ।
यसबारे प्रधानाअध्यापक सुनिल कुशवाहा संग संचारकर्मीहरुले जानकारी लिन खोज्द , उहाँले आज नेकपा पार्टीको हडताल हो भनेर विद्यार्थीहरुलाई विदा दिएको प्रतिक्रिया दिनु भयो।
तर प्रअ कुशवाहा आफ्नो ब्यक्तीगत कामकाजको लागी समेत विद्यालय समय मै कसैलाई जानकारीनै नदिई जताततै निस्किने गरेको स्थानियवासीको आरोप रहेको छ । स्थानिहरुको विद्यालय संग केहि आवश्यक काम पर्दा फोन मार्फत बोलाउनुपर्ने गरेको र बोलाए पछि पनि उनले भने, “म सोमबार विद्यालय आउछु म अहिले व्यस्त छु , जे सोध्नु छ जे कुरा गर्नु छ त्यही दिन फुर्सद भएको बेला गरौला , राम्रो संग कुरै नबुझी , नगरी फोन काट्ने गरेको पाइएको छ।


त्यस्तै सोही बिषय बारे विद्यालयका सहायक प्र.अ. मनोज पटेल संग टेलिफोन मार्फत सम्पर्क गरेर बुझ्न खोज्दा आफुलाई फुर्सद नभएको र आफू संग चन्द्रनिगहपुरमा आएर भेट गरेर कुराकानी गर्न जवाफ् दिए।
विद्यालयमा भईरहेको गतिविधि र बन्द बारे गुजरा नगरपालिकाका शिक्षा प्रमुख शिवमंगल कुशवाहा संग जानकारी लिदा विद्यालयमा बिदा नदिएको भन्दै विद्यालय किन बन्द गरिएको छ भन्ने बारे आफुलाई समेत केहि जानकारी नै नभएको प्रतिक्रिया दिनु भयो।
कुनै जानकारी बिनानै प्र.अ.ले लकडाउनको अवस्थामा २ जना शिक्षकलाई नियुक्ती गरेको स्थानिय बासिहरुको भनाई रहेको छ।
स्थानिय अब्दुल सलामले आफनो नेतृत्वमा विद्यालयमा भैईरहेको क्रियाकलाप बारे माघ १५ गते नगरपालिका लाई ज्ञापनपत्र बुझाउँदा पनि नगरपालिकाले केही चासो नलिए पछि आफु बाध्य भएर पत्रकारहरुको टोली,समुहलाई खबर गर्नुपरेको सालामले बताउनुभयो।




















