थलापति विजय बढी पारिश्रमिक लिने तमिल(साउथ ईन्डियन) एक्टर, रजनीकान्त द्रोसोमा।

एजेन्सी := कोरोना कालमा रिलिज भएको फिल्म ‘मास्टर’ले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। ‘मास्टर’को रिलिजसँगै साउथ अभिनेता थलापति विजयको चर्चा पनि निकै चल्यो। ट्रेण्ड एनालिस्टका अनुसार कोरोना कालमा रिलिज भएको फिल्ममध्ये ‘मास्टर’ पहिलो फिल्म हो जसले राम्रो व्यापार गर्‍यो।

फिल्मले पहिलो दिन इन्डिया र ओभरसिजको सिनेमाहलमा कुल ५३ करोड कलेक्सन गरेको थियो। यस्तो महामारीको बेला भए पनि फिल्मले २०० करोडको व्यापार गरेको छ तिनै थलापति विजय बढी पारिश्रमिक लिने तमिल अभिनेता हुन्। आउँदो फिल्म ‘थलापति ६५’को लागि उनले १०० करोड पारिश्रमिक लिएका छन्। पारिश्रमिकको मामिलामा उनले रजनीकान्तलाई समेत पछाडि पारेका छन्। रजनीकान्तले फिल्म ‘दरबार’को लागि ९० करोड पारिश्रमिक लिएका थिए।

विजय रजनीकान्तका ठूला फ्यान थिए। विजयले सन् १९८५ मा रिलिज भएको फिल्म ‘नान मनिथन’मा बतौर चाइल्ड आर्टिस्टमा काम गरेका थिए। फिल्म ‘मास्टर’मा अभिनेता विजयको वास्तविक नाम विजय चन्द्रशेखर हो। तर, साथीभाईबीच उनी थलापतिका नामले चर्चित छन्। विजयका बुवा कलिउडका चलेका निर्देशक थिए। विजयले आफ्नो बुवाको १५ वटा फिल्ममा काम गरे। जसमा उनी ६ फिल्ममा बालकलाकारको रुपमा देखिए।

१८ वर्षको उमेरमा उनले फिल्म ‘नालैथ्या थीरपु’बाट डेब्यु गरेका थिए। यस फिल्ममा उनको नाम विजय थियो। यही नामले उनले ८ वटा फिल्ममा काम गरिसकेका छन्। १९९२ मा ‘नालैथ्या थीरपु’ले औसत व्यापार गरेपनि अन्य तीन फिल्म हिट भए। विजयले अहिले सम्म ६५ फिल्ममा काम गरिसकेका छन्। धेरै फिल्मले बक्सअफिसमा ब्लकबस्टर भएका छन्।