लाइन्स क्लवले दियो सिद्धेश्वर माविमा न्यानो कपडा।

[ निरोज कोईराला ]

भोजपुर:= भोजपुर सदरमुकामबाट पश्चिममा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लायन्स क्लब अफ विराटनगरले न्यानो कपडा वितरण गरेको छ । 

क्लबले विद्यालयलाई करिब एक लाखबराबरको ५५ थान स्वीटर, ६७ थान ज्याकेट, ५० थान टोपी र एक सय थान मास्क वितरण गरेको क्लबका सचिव अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । क्लबले तय गरेको वार्षिक कार्ययोजनाअनुसार यस वर्ष सामुदायिक विद्यालयहरूमध्ये भोजपुर नगरपालिका–४ सिद्धेश्वरको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण भएको हो । 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उत्प्रेरणा तथा हौसला प्रदान गर्न उद्देश्यले न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ । क्लबले दिएको कपडा सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा समेत हौसला जागेको विद्यालयका प्रधानाध्यापक सुवाचन्द्र दाहालले बताउनुभयो । जाडो मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरू समेत हर्षित देखिएका छन् ।