कुवेतमा मरुभूमिको बिचमा एक नेपाली कामदारको कंकाल क्षत-बिक्षत अवस्थामा फेला।

एजेन्सी := कुवेत-इराकको बोर्डर अब्दलिबाट नजिकै मरुभूमिको बिचमा पहिचान खुल्न बाँकी रहेको एक नेपाली कामदारको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।

कुवेतबाट प्रकाशित अरब टाइम्सको समाचार अनुसार “निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको उक्त कंकाल बालुवाले ढाकेको अवस्थामा फेला परेको थियो । जंगली कुकुरहरुले उक्त ठाउँमा खोस्रिदाँ कंकाल भेटिएको हो।त्यही क्षेत्रमा काम गर्ने कामदारहरुले कुवेतको स्थानिय प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएका थिए।फौजदारी घटना विभाग (सिइडी)ले घटनामा मृत्‍यु हुनेको पहिचान देखी हत्या गरे-नगरेको तथा हत्या गरिएको भए हत्यारा पहिचान गर्न आफ्नो अनुसन्धानलाई तिब्रता दिएको छ।”

यसै बिच नेपाली राजदूतावास कुवेतले पनि नेपाली नागरिकको कंकाल भेटिएको बारे समाचार आए पछी घटनाको पूर्ण जानकारीका लागि सम्बन्धित निकायहरु स्थानिय प्रहरी तथा फौजदारी घटना विभाग (सिइडी) संग समान्वय गरिरहेको बताएको छ। साथै दूतावासमा आफन्त हराएको गुनासोहरु आएका कम्पनीहरु संग पनि दुताबासले सम्पर्क गरिरहेको छ।दुताबासका अनुसार यहाँको प्रहरी तथा फौजदारी घटना विभाग (सिइडी)ले सत्य-तथ्य पत्ता लगाउन अनुसन्धान र मेडिकलका बिभिन्न बिधिहरु अपनाउदै मृत्‍युको बारे पूर्ण जानकारी दिए पछी मात्र वास्तविकता पत्ता लाग्न सक्छ।”