कोल्हवी सिटी हस्पिटलद्वारा नि:शुल्क स्वास्थ शिविर सम्पन्न।

[ अभय दुबे ]


बारा:= बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ धोधरपामा कोल्हवी सिटी हस्पिटल प्रा.लि.द्वारा नि‌‌:शुल्क स्वास्थ्य शिविर हिजो बुधबार सम्पन्न भएको छ।

असहाय र विपन्न परिवारलाई मध्य नजर गर्दै अत्याधिक चिसोको बेलामा केही सहयोग होस भने मूल उदेश्यको साथ कार्यक्रम सम्पन्न भएको छ । उक्त ठाउँमा १८० जनाले निशुल्क स्वास्थ शिविर सुविधा लिईएको छ । भिन्नी प्रकारका बिरामीहरूलाई निशुल्क औषधि , चेक जाँच र सल्लाह सुझाव दिइएको छ।

उक्त कार्यक्रमको अध्यक्षता कोल्हवी सिटी हस्पिटलका संस्थापक राजिभ साहले गरेको थियो । भने प्रमुख अतिथि कोल्हवी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष वीरेन्द्र चौधरीले गरेको गर्नु भएको थियो । त्यस्तै कोल्हवी सिटी हस्पिटल का डा. राम शागर साह , लगायत हस्पिटल का विभिन्न कर्मचारी र स्थानिय बासिको उपस्थिति रहेको थियो ।भने उक्त स्वास्थ शिविर बिहान १०:०० बजे देखि दिउसो ०४:०० बजे सम्म संचालन गरिएको कोल्हवी सिटी हस्पिटलका संस्थापक राजीभ साहले जानकारी दिएका छन ।