संवाद क्लबलाई सिलाई मेसिन हस्तान्तरण।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= कपिलवस्तुको हरियाली किशोरकिशोरी संवाद क्लबलाई शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले एक थान सिलाई हस्तान्तरण गरेका छन् । बुधबार सिलाई मेसिन ग्रहण गर्दै क्लबकी अध्यक्ष स्नेहा थारुले अध्यक्ष सापकोटालाई धन्यावाद दिदैँ आफूहरुले एकदमै उत्साहका सामाजिक गतिविधी सञ्चालन गरिने उनले बताईन् ।

बलुहवा गाउँका क्लबकी अध्यक्ष थारुले विगत केहि बर्षदेखि किर्डाक नेपालको विशेष सहयोगमा सामाजिक गतिविधीमा क्रियासिल हुँदै लैंगिक हिंसा, सरसफाई लगायतका क्रियाकलापमा सक्रियाता जनाउँदै आर्थिक समृद्घिमा समेत क्लबले टेवा पु्याउने प्रतिबद्घता व्यक्त गरिन् । उनले भनिन्– “हामी आ–आफ्नो अध्ययनलाई निरन्तरता दिँदै समाजमा रहेको विकृति, विसंगति परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्दै सामाजिक गतिविधीमा संग्लन छौँ”।

यस्तै वडा अध्यक्ष सापकोटाले यस क्लबलाई आफूले कहि कतै मेसिन उपलब्ध गराईदिने बचनलाई बुधबार वडा कार्यालयमा एक कार्यक्रमका हस्तान्तारण गरि बचन पुरा गरेका छन् । आफूले नगरपालिकाबाट पाएको सेवा सुविधाबाट कतौती गरि क्लबलाई एक थान सिलाई मेसिन प्रदान गरिएको उनले बताए । क्लबलाई मेसिन हस्तान्तरण गर्दै सापकोटाले यति मात्रै नभएर क्लबले प्रस्ताव लिएर वडा आएमा आफू र वडाबाट हुने सहयोगको प्रतिवद्घता समेत सापकोटाले जनाए ।

त्यसैगरी किर्डाक नेपाल तथा स्ट्रोम फाउण्डेशनकी सहजकर्ता ईन्दु थारुले अध्यक्ष सापकोटा धन्यावादको पात्र भएको बताउँदै वडा परिवारले जसरी आफूले बनाएको संवाद क्लबलाई सहयोग गरेका छ त्यसरी नै अगामी दिनमा साथ र सहयोगको आपेक्ष व्यक्ति गरिन् । सो सहयोगले सामुदायमा प्रभावकारी हुने जनाउँदै क्लबलाई मात्रै नभएर सिंगो समाजलाई नै राहत पुग्ने सहजकर्ता थारुले बताईन् ।