ज्योती मगरको ‘अन्डर बुब’ तस्बिरका कारण चर्चा।

काठमाडौं:= प्रायः क्लिभेज देखाएका कारण चर्चा र विवादमा आउने गायिका, मोडल ज्योती मगर यस पटक भने ‘अन्डर बुब’ तस्बिरका कारण चर्चामा आइन्।

बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त ज्योतीको लागि सामान्य नै हो । तर, आइतवार फेसबुकमा सार्वजनिक गरेको तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर सेक्सी हुनुबारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अश्लील शव्दको पनि प्रयोग गरेकी छन्।

उनका फेसबुकका फ्यान र साथीहरू मध्य कतिपयले आलोचना र कतिपयले समर्थन पनि गरेका छन्। उनले अङ्ग्रेजी मा लेखिन्,‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो , मलाई बाल मतलब।’