क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण दिनप्रतिदिन भयावह बन्दै गैइरहेको देखिन्छ।
मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिनैपिच्छे कममा ५,६ जना मानीसको कोरोना संक्रमणले मृत्यु भैईरहेको देखिन्छ। हिजो मिति सन् २०२१/०१/२५ तारिख सोमबारको दिन एकैदिनमा मृत्यु हुनेको संख्या ११ जना रहेको थियो भने जम्मा मृत्यु हुनेको संख्या अहिलेसम्म ६८९ जना पुगेको छ। संक्रमितको संख्या १ लाख ८६ हजार ८४९ पुगेको छ।
तसर्थ कोरोना संक्रमणलाई मध्य नजर गरेर मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) फेब्रुअरी ४ तारिख सम्मको बढाइएको भए तापनि ,
कोरोनाको संक्रमण कम नभए पश्चात् कुनैपनी बेला पुरै देशनै लकडाउन गर्न सकिने बताएको छ।

सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले एक पत्रकार सम्मेलनमा बोल्दै भने , “यदि कोरोना संक्रमण यस्तै लगातार क्रमश बढ्दै जाने हो भने हामी देशैभरी कडा लकडाउन गर्न बाध्य हुन्छौं । साथै आर्थिक ब्यापारिक क्षेत्रहरु, कम्पनी , बिधालय लगायत सबै बन्द गर्न सक्ने गरि सरकारले तयारी थालेको बताउनुभयो।”
मलेसिया सरकारले यस् अघि पनि पुरै देश भरि कडा लकडाउन गर्ने प्रयास गरेको थियो तर व्यापक विरोध भएपछि र देशको अर्थतन्त्रनै धरापमा पर्ने देखिएपछि निर्णय कार्वानयन गर्न सकेको थिएन् । अब भने सम्पुर्ण मन्त्रालय र सरोकारवाला निकायको समर्थनमा कडा लकडाउन लगाउने निर्णय जतिबेला पनि लागू,कार्वानयन गर्न सकिने बताएको छ।Bernama




















