शिवराजमा जेष्ठ नागरिकलाई सम्मान।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिकामा ८० बर्षमाथिका गरिब तथा विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जिल्लाको खरेन्द्रपुरमा अवस्थित शिवराज नगरपालिका वडा नं.३ ले वडा भित्र रहेका ८२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जाडोमा जेष्ठ नागरिकलाई रुघाखोकी, निमुनिया लगायत हुन सक्ने अन्य समस्याबाट जोगिन कम्बल वितरण गरिएको बताएका छन् । जाडो मौसममा कठेङ्रिएको बेला अलिकति भए पनि जेष्ठा नागरिकलाई न्यनोपन महसुस हुने उद्देश्यले कम्बल प्रदान गरिएको उनले जनाए।

हुने खानेले सुविधा सम्पन्न घरमा बसेर अन्नदमयको जीवन विताइरहेको हुन्छ तर नहुनेले चिसो मौसममा रुखमुनि बस्न बाध्य हुन्छ त्यसैले गर्दा नगरपाकिाले यो योजना ल्याएको अधिकारीले बताए । यो कार्यक्रम शिवराज नगरपलिकाको सबै वडाहरुमा सञ्चालन भइरहकोे समेत नगर प्रमुख अधिकारीले जानकारी दिए ।

यस्तै वडा अध्यक्ष टेकलाल सापकोटाले आफ्नो वडा भित्र रहेको गरिब तथा विपन्न बृद्घबृद्घा जेष्ठ नागरिकलाई जाडो मौसममा केहि मात्रमा भएन पनि राहत होस् भनि प्रत्येक जेष्ठा नागरिकलाई एक एक वटा कम्बल वितरण गरिएको बताए । चिसो मौसमको मध्यनजर गर्दै विपन्न परिवारका जेष्ठ नागरिकलाई जाडोले अकालमा ज्यान समेत गुमाउन बाध्यता रहेको उनले जनाए ।