धनगढी (कैलाली):= थारु म्युजिक भिडियो जगतका सुपरस्टार मोडल वीर चौधरीलाई दर्शकहरुले अब थारु फिल्ममा समेत मुख्य भुमिकामा देख्न पाउने भएको छ।
केही साताअघि शुभ मुहूर्त भएको थारु फिल्म “बीरा” को छायांकन हिजो मंगलबारदेखी सुरु भएको हो। कृष्णपुर नगरपालिकाका नगरप्रमुख (मेयर) कर्ण हमालले मंगलबार आयोजित एक कार्यक्रमका बीच रिवन काटेर फिल्म छायांकनको उद्घाटन गरेका थिए।
सो शुभ कार्यक्रममा कृष्णपुर नगरपालिकाको वडा नं. ६ को वडा अध्यक्ष नत्थु चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष विनय वैध, गायिका सोमती थारु, फिल्मका निर्देशक सुधराम दहित, सहायक निर्देशक आर्दश महतो, महिमा कुश्मी, सुनिता चौधरीलगायतको उपस्थिति रहेको थियो।

फिल्मको निर्देशकमा सुधराम दहित , छायांकन साहिल चौधरी , कथा लेखन सुरेश कठरिया , मेकअप,श्रीङ्गार नरेन्द्र एसके लगायतको रहेको छ।
हमार म्युजिक बगिया र विन्दास मिडियाको प्रोडक्सनमा निर्माण भइरहेको फिल्मको प्रोडक्सन म्यानेजरमा फेरु चौधरी र बालकृष्ण चौधरी रहेका छन्।
फिल्ममा मुख्य भुमिकामा अभिनय गर्नेमा सुपर मोडल वीर चौधरी, सामु चौधरी र विनय वैद्यको मुख्य भूमिका रहेको निर्माण पक्षले बताएको छ।
अहिलेका नयाँ पुस्ताका युवाहरुको समस्या र निकासलाई प्रमुख विषयवस्तु बनाइएको फिल्मको लागत ५० लाख अनुमान गरिएको मोडल तथा हिरो वीर चौधरीले बताए।






















