यूएई:= युएईमा अवस्थित नेपाली दूतावासको तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ।
सोमबार नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै लेखेको छ, आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति पत्र , भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरिएको सुचना मार्फत जनाइएको छ।
तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ । दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या eonabudhabi@mofa.gov.np मा इमेेलमार्फत सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
तल हेर्नुहोस युएई अबुधाबी स्थित नेपाली दूतावासले जारी गरेको सुचना ।





















