आरजेको ‘माकुरी’ सार्वजनिक।

काठमाडौं := नेपाली -यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे) को नयाँ गीत ‘माकुरी’ सोमबार सार्वजनिक गरिएको छ । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आर.जेको ¥याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भर्नु भएको छ । गीतमा एरेन्ज मोहित मुनालको छ।

गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरूलाई देख्न सकिन्छ । विशेषगरी युट्युबका सिरिजहरूमा मन पराइएका जिवेश गुरुङ, यस्तै युट्युबमा प्रेयांक गरेर चर्चामा रहनु भएका एलिस राई, यस्तै हास्य टेलिसिरियल सक्किगोनीका लोकप्रिय कलाकार हरिश निरौला (कक्रोज), मोडल उषा उप्रेती र टुइन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ।

यस गीतमा गायिका रोशनीको लगानी छ । यसअघि केही गीत गाउनु भएकी रोशनीले मिस्टर आरजेको टिमसँग काम गर्न पहिल्यैदेखि इच्छा भएकाले अहिले सपना पूरा भएको बताउनुभयो । मिस्टर आरजेले पनि आफ्नो केही समयपछिको आशलाग्दो प्रोजेक्टको रूपमा यस गीतलाई लिएको बताउनु भएको छ।

प्रोस्ट प्रोडक्शनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो भने भिडियो विधान कार्कीले निर्देशन गर्नु भएको हो । भिडियोको सहायक निर्देशकमा मनिषा पोखरेल हुनुहुन्छ । निर्देशक विधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा मिहिनेतका साथ आफूले काम गरेको र दर्शकको प्रतिक्रियाका लागि प्रतिक्षारत रहेको विधानले बताउनु भएको छ । भिडियो हरि हुमागाईंले खिच्नु भएको हो भने विकास धमलाले सम्पादन गर्नु भएको छ । भिडियोमा कलर भर्ने काम राजेन्द्र मोक्तानले गर्नु भएको छ।