बलिदानी दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

[ अभय दुबे ]

बारा := शहिदहरुको समझनामा बलिदानी दिवसको अवसरमा बाराको विभिन्न गाउँ हरु मा हिजो सोमबार राती दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्वर ४ खुटवाजब्दीमा महान शहिदहरु प्रति हार्दिक श्रद्धान्जली दिदै चिर शान्तिको लागि दिप प्रज्जवलन गरिएको हो ।


दिप प्रज्जवलनमा एकाई समितिका सभापति मदन बहादुर क्षेत्रीले शहिद भएका परिवारहरुको लागि प्रदेश सरकारबाट ठोस योजना ल्याई शहिद परिवारलाई सुखी, शान्त र संवृद्ध बनाउन पहल गर्नुपर्ने बताए ।


एकाई समितिले आयोजना गरेको दिप प्रज्जवलनमा बोल्दै वडाध्यक्ष आन्नद कुमार गुप्ताले मधेशको लागि शहिद भएर गएका ति विर शहिद योद्धाहरुले नै गर्दा आज हामी जनप्रतिनिधि भएको उनले बताए । ती महान आत्मको लागि नमन गर्न चाहन्छु, साथै ती महान शहिदहरुले गर्दा नै आज गाउँ गाउँमा सिह दरवार आएको महसुस भएको वडाध्यक्ष गुप्ताले बताए ।


मधेश आन्दोलनमा शहिद भएका महान शहिदहरुको सम्झनामा बलिदनाी दिवस मनाउने गरिएको छ । आफनो हकअधिकारको लागि आवज उठाएकाहरु श्हिद हुन पुगे । ती शहिदहरुको सम्झनामा प्रत्येक वर्षको माघ ५ गते बलिदानी दिवस मनाउन थालिएको हो ।


जनता समाजावदी एकाई समितिले आयोजना गरेको दिप प्रज्जवलन कार्यक्रममा ईकाई सभापति मदन बहादुर क्षेत्री, वडाध्यक्ष आन्नद कुमार गुप्ता, रामदर्शन साह, राजिन्द्र साह, नागेन्द्र साह, अवध किशोर पण्डित, राम निवाश महतो लगायत जसापका कार्यकताहरुको सहभागिता रहेको थियोे।

बाराको कलैया, पचरौता, देवताल, फेटा गाउपालिका, परवानीपुर, जितपुर लगायतको ठाउँमा बलिदानी दिवसको अवसरमा गरिएको दिप प्रज्जवलनमा संविधान सभा सदस्य प्रमोद गुप्ता, जसपा नेता रामकिशोर यादव,पवत ब्याहुत, जितेन्द्र सिह, जयप्रकाश साह, पिकी यादव, शषी केशरी, सरफुल्लाह असारी,संजय केशरी, सुजित पाण्डे, अरुण सिह, कमलेश मण्डल, फिरोज मसुर लगायत नेतागणको सहभागिता रहेको थियो भने युवा नेता प्रसौनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष आनन्द कुमार गुप्ताले जानकारी दिनु भयो ।