हातको तीनवटै औंला काटिएका प्रकाशलाई आर्थिक सहयोग प्राप्त, भन्छ्न : न्याय दिलाउनुस।

मलेसिया:= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसोबास गरिदैआईरहेका पीडित नेपाली श्रमिक प्रकाश यादबलाई हेल्प मधेसी मलेसिया संस्थाद्वारा आरएम १ हजार १ रिंगेट सहयोग प्रदान गरिएको छ।

नेपाल ठेगाना प्रदेश न. २” को सिरहा जिल्ला कल्याणपुर नगर पालिका वाड न :- ११ मा घर भएको प्रकाश यादव सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बातु गजाह पेराकमा अवस्थित बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा काम गर्न आएका थिए। आज भन्दा तीन महिना अगाडि कम्पनीभित्रै काम गर्ने क्रममानै  मेसिनले हातको तीन वटा औला काटिएको हो।

उक्त घट्नाको बारे पिडित प्रकाश यादव स्वयंले हेल्प मधेसी मलेसिया संस्थामा जानकारी गराउदै सहयोगको लागि गुहार मागेको थियो। उक्त घटना बारे हेल्प मधेसी मलेसियामा जानकारी हुन साथ पिडितलाई संस्थाले यहीँ मिति ११/०१/२०२१ सोमबारका दिन बैंक मार्फत नगद मलेसिया रिङ्गेट आरएम १००१/- ( अक्षरेपी: एक हजार एक मात्र ) नेपालि रुपैयाँ लगभग ३०,०००/- रकम आर्थिक सहयोग गरेको कुरा स्वयंम पीडित प्रकाशलेनै टेलिफोन मार्फत मलाया खबरलाई बताउनुभयो।

पिडितको भनाई अनुसार , कम्पनीमा काम गर्ने क्रममा हाथ मेसिनमा परेर बायाँ हाथको औलाहरु काटिएको  थियो । उपचार बेला-बेला कम्पनीले गराई रहदा पनि खाना लाउन लाई सहज नहुदा, हेल्प मधेसि संस्थालाई सहयोगको अपिल गरेको थियो । सोही अनुरुप प्रकाशलाई सहयोग गरिएको संस्थाका अध्यक्ष दिपक मण्डलले बताउनुभयो।

हातको औला काटिएको बिषयबारे पीडित प्रकाश यादव यसो भन्छ्न :

” मैले श्रम स्वीकृति लिएर मलेसिया आएको हुँ, पठाउने म्यानपावरदेखि दुतावासले समेत मलाई अहिलेसम्म स्पष्ट जवाफ दिन सकेको छैन । मैले कम्पनीबाट क्षेतिपूर्ति पाउने/नपाउने बिषयमा समेत कसैले मलाई स्पष्ट जवाफ दिन सकेनन् म अलमलमा छु।’ 

आफूले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाउने आशंका रहको यादवले बताए । कम्पनीले मेडिकल अनफिट भएको कारण देखाएर नेपाल फर्काउदैछ तर कहिले फर्काउने भन्ने समेत टुंगो लागेको छैन र मलाई जानकारी समेत दिइएको छैन , क्षेतीपूर्तिको त कुरा छोडौं काम गरेको तलब समेत दिएको छैन।

[ तस्बिरमा हातको तीन वटै औंला गुमाएका पीडित प्रकाश यादव ]

नेपाल एएरपोर्टबाट घरसम्म जाने खर्च समेत छैन ।’ उनले अगाडी भने ‘म्यानपावरले त फोन नै उठाउन छाड्यो। दुतावासका तीन जनासँग कुरा गर्दा एक जना द्धितिय सचिव प्रतिक कार्की भन्नेले अहिले अलिक चासो दिनुभएको छ ।

अब म मलेसियाबाट घर फर्कने दिन बिस्तारै आउनै लागेको कहिलेकाही कम्पनीको मालिकहरुको मुखबाट सुन्छु , तर मैले काम गरिखाने हातको औला गुमाएको छु। अब नेपालमा के गरेर खाने भन्ने चिन्ता छ , त्यसैले मैले उचित ब्यवस्थापन सहित पाउनुपर्ने रकम र न्याय पनि पाउनुपर्ने यादवको भनाइ रहेको छ।’

दूतावास भन्छ , हामी पीडितलाई जसरी नि न्याय दिलाउछौँ :

यस् बिषय बारे नेपाली दूतावासका द्धितिय सचिव प्रतिक कार्की संग बुझ्न खोज्दा उहाँले भन्नुभयो,” पीडित प्रकाशको हातको औला कम्पनी भित्रै काम गर्ने क्रममा मेसिन दुर्घटनामा परेर काटिएकोले पीडितले न्याय पाउनुपर्छ र न्याय दूतावासले नै दिलाउनेछ।

‘हामी निरन्तर रोजगारदाता कम्पनीसंग सम्पर्क गरिरहेकै हुन्छौं , पीडित ले पाउनुपर्ने भुक्तानी गर्न बाकी रहेको काम गरेको तलब दिने र सकुशल नेपाल फिर्ता गराउने बारे रोजगारदाता कम्पनी सकारात्मक नै रहेको छ। थप पीडितले पाउनुपर्ने इन्स्योरेन्स (बिमा) बापतको रकम पनि दूतावासलेनै पहल गरेर उपलब्ध गराइने र पीडितलाई न्याय दिलाउनमा दूतावासको तर्फबाट कुनै कसर बाँकी नराख्ने द्धितिय सचिव कार्कीले बताउनुभयो।’