[ अभय दुबे ]
बारा:= आईतवारको दिन भएको बारा जिल्लाको लेखापढी कानुन व्यवसायीको निर्वाचनको परिमाण सार्वजनिक भएको छ। नेपाल को कानुन अनुसार कुनै पनि कानुनी कागजात को काम काज गर्ने बिशवास भएको लेखापढी गर्ने ब्यक्ति निर्वाचन गरी बिभिन्न पदमा उम्मेदवारी दिइएको हरु को नतिजा आईतवार सार्वजनिक भएको हो।
निर्वाचनको पत परिणाम अनुसार अध्यक्ष पदमा बृजकिशोर यादव उर्फ भगत ३३०,मतले विजयी भएका छन्। उपाध्यक्ष, शिवपुजन ठाकुर,३२४ मतले विजयी भएका छन्। कोषाध्यक्ष, परमानन्द प्रसाद,२९२ मतले विजयी भएका छन्।स, कोषाध्यक्ष भुटन साह कानु ३०० मतले विजयी भएका छन्। सचिव दिनेश पटेल २९१ मतले विजयी भएका छन्।सह-सचिव बिनोदलाल कर्ण ले ३०४ मतले विजयी भएका छन्।
सदस्यहरुमा क्रमशः केशव प्रसाद यादव, लझुमण प्रसाद यादव, नरेश कुमार कानु, नरेन्द्र तिवारी सुबास प्रसाद यादव, उपेन्द्र कुमार पासवान, सुनिता कोईराला लगायतका व्यक्तिहरू बिजयी भएका छन् ।




















