शिवराजमा विद्यार्थीसँग पोसिलो खाजा।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= हरेक अभिभावकले आ–आफ्न बालबालिकाको उज्जवल भविष्यको चाहना राख्ने गर्दछ । कतिपय आर्थिक लगायत अन्य कारणले गर्दा त्यो चाहना र सपना पूरा नहुँदै बीचमै तुहिने गर्छ । यस्तै प्रत्येक बालबालिकालाई पोसिलो खाना खुवाउने हरेक अभिभावकको जिम्मेवारी हुन्छ। तर प्रायः ग्रामिण भेगमा त्यो लागु हुँदैन् किनकी त्यहाँ आथिक र सामाजिक जस्ता विभिन्न समस्याले अभिभावकलाई प्रभाव पारिरहेको हुन्छ । चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष । त्यसैले गर्दा विद्यार्थी विद्यालय जान छोड्छ अनि भविष्यका करणधार भनिने बालबालिका पोसिलो खाना र लगाउनबाट बन्चित हुन्छन् । विशेषगरी बालबालिकालाई शारीरिक, मानसिक र संबेगात्मक विकास हुन पोसिलो खाजा अति महत्पवपूर्ण हुन्छ त्यसैलाई मध्य नजर गर्दै विद्यार्थीसँग पोसिलो खाजा समेत आवश्यक हुने गर्दछ ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा विगत ३ बर्ष देखि सहयोगी हातहरु अभियान चाल्दै आएको छ । सो अभियानमा विगतका दिनहरुमा गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गर्दै आएको अभियानकर्मी दीपक खड्काले जानकारी दिए । तर्सथ यस बर्ष अभियान अन्र्तगत चन्द्रौटामा अवस्थित लक्ष्मी टे«डर्स एण्ड दुध डेरीका सञ्चालक जनक हमाल र स्वर्गीय दधिराम अधिकारी स्मृति प्रतिष्ठानका संयोजक टिकाराम अधिकारी (निर्जन) को संयुक्त आयोजनमा आइतबार सरस्वती आधारभूत विद्यालय शिवपुरका विद्यार्थीसँग १ दिने पोसिलो खाजा एवं पिक्निक कार्यक्रम सुरुवात भएको छ । उक्त पोसिलो खाजामा विद्यार्थी बालबालिकालाई खिर र अचार पकाएर खुवाइएको विद्यालय प्राधानाध्यापक सिताराम चौधरीले जनाए ।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले पोसिलो खाजा कार्यक्रमलाई सम्बोधन गर्दै यस अभियानले सह्रनिय कार्यक गरेको भन्दै प्रशंसा गरेकी छन् । कोभिड–१९ का कारण विद्यालय अस्तव्यस्त बनेको बेला खाजा लगायत हरेक चुनौतीको सामना गर्नुपरेको उनले बताईन् । यस्तो जटिल परिस्थितिमा समेत अभियान सञ्चालन गरेकोप्रति आयोजकलाई धन्यवाद दिदँै शारीरिक, मानसिक लगायत हरेक किसिमले बालबालिकालाई पोसिलो खाजा जरुरी रहेको थारुले जनाइन् । अभिभावको चाँसो नभएको ठाउँमा यस अभियानले पूर्ण रुपमा सार्थकता पाउने समेत उनले जिकिर गरिन् । १ दिन मात्र खाजा नभएर विद्यालय जाने गरेका प्रत्येक विद्यार्थीहरुलाई दिनहूँ फरक पोसिला खाजा पु्याउन सके बालबालिकाको संबेगात्मक विकासमा झनै मद्दत पुग्ने समेत उपप्रमुख थारुले दाबी गरिन् ।

यसैबीच व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले एकदमै राम्रो सोंचका साथ यो अभियान सञ्चालन गरेको बताएका छन् । पोसिलो खाजाले विद्यार्थी बालबालिकाहरुको भविष्य कूशल हुने उनले जनाए । वास्तवमा एक दिने खाजाले धेरै परिवर्तन त न होला तर हरेक बालबालिकाको अभिभावकले सकरात्मक सोंचका साथ विद्यार्थीलाई पोसिलो खाजा जुटाउनु आवश्यक रहेको पोख्रेलले जनाए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्द बहादुर जिसी, शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, किर्डाक नेपाल तथा स्ट्रोम फाउण्डेशनकी सामुदायिक सहजकर्ता इन्दु थारु र शिवपुर टोल विकास संस्थाका अध्यक्ष अमर बुढा मगर लगायतको सहभागिता रहेको थियो ।