संसद बिघटनको बिरुद्धमा नेपाली कांग्रेस बारा क्षेत्र न. २ को बिरोध सभा सम्पन्न।

[ अभय दुबे ]

बारा := काङ्ग्रेस बाराद्वारा जिल्लाको ८ वटै प्रदेश बिधान सभाक्षेत्र अन्तरगत नेपाल सरकारको प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन तथा गैर असंबैधानिककदम, भ्रस्टाचार,अत्याचार,तानाशाह,बलात्कार जस्ता नाजायज सरकारको कदमको बिरुद्द विशाल जनप्रदर्शन बिरोध सभा प्रस्तुत गरेका छन्।

सुवर्ण गाउँ पालिका कवहि गोठ बारामा हिजो शनिबार नेपाली काङ्ग्रेसको बिरोध सभाको अध्यक्षता कांग्रेस क्षेत्रीय सभापति समुह “ख” का लझमण जैसवालले गरेका थिए,भने
प्रमुख अतिथिमा नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य एवम् पुर्व सभासद , केन्द्रिय सदस्य रामअयोध्या प्रसाद यादव , बिशिष्ट अतिथि राजेश रौनियार,भुपु,सि, बी, ससभापति राजिद्र प्रसाद यादव,नारायण सिंह,राजिद्र सिंह,प्रभात सिंह, भुपु शिक्षक रामबिलाश प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

बिरोधसभा कार्यक्रममा स्वागत मन्तव्य मिश्रीलाल साहको रहेेेको थियो,भने कार्यक्रम संचालन एवम् उदघोषक सतेन्द्र प्रसाद यादवले गरेका थिए।