नेपालको पासपोर्ट संसारकै खराब सूचीमा।

काठमाडौं:= नेपालको पासपोर्ट संसारकै खराब तथा कमजोर मध्येको सूचिमा परेको छ ।पासपोर्टबारे सूचि राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूचि अनुसार नेपालको पासपोर्ट विश्वका ११० मुलुकमध्ये १०४ औं स्थानमा परेको छ ।

सूचिअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।

उक्त सूचिअनुसार नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा परेको छ ।