बाराको विश्रामपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न।

[ अभय दुबे ]

बारा := बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ” रक्तदान गरी जीवन दान गरौं ” प्रत्येक रक्तदाता एक नायक भन्ने मूल नाराका साथ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षतामा विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत शुनिल केशरीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि विश्रामपुर गाउँपालिकाको उप-अध्यक्ष सुमित्रा देवीले गर्नु भएको थियो भने अथितिको रूपमा स्वास्थ शाखा अधिकृत अलि अकबर हुसैन लगायत भिन्न वडाका वडा अध्यक्षहरु लगायत गाउँपालिका को विभिन्न पदका कर्मचारीहरुको सहभागिता थियो।


कार्यक्रममा स्वागत मन्तब्य विश्रामपुर स्वस्थ शाखाको प्रमुख अलि अकबर हुसैन ले दिनु भएको थियो । विश्रामपुर गाउँपालिका को प्रमुख प्रशासकिय अधिकृत को भनाइ अनुसार हरेक व्यक्तिले रक्तदान अनिवार्य गर्नु पर्ने जोड दिँदै । कार्यक्रम सम्पन्न गर्नु भएको छ । उक्त रक्तदान २ जना महिला, १ जना शसस्त्र प्रहरी र २६ जना स्थानिय रक्तदाता हरुले रक्तदान गरेको थियो।