थरुहटप्रति प्रधानमन्त्री ओलीको कडा अभिव्यक्ति,‘थारुको लागी केही गर्न सक्ने अवस्थामा छैनौ’

धनगढी := लामो समयदेखि आन्दोलनरत थरुहट/थारुवान आन्दोलनकारीप्रति कडा रुपमा प्रस्तुत भएका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रम ओलीले जेलमा रहेका नेताहरुका लागि केही गर्न नसकिने बताएका हुन्।

‘यहाँ जात–जातको बीचमा मारमारको अवस्था ल्याए। टीकापुर काण्डको विभिन्न ढंगले रचना गरियो। नक्कली मान्छे ल्याए, उचाले, जनताको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका। जनता–जनतामा विभाजन ल्याउन खोजे’, उनले अगाडि थपे, ‘अहिले पनि कतिपय थारु नेता जेलमा छन्। कसैलाई वारेन्ट होला। यी सबै हामीले हेरिरहेका छौ। पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले।’

त्यस्तै, प्रम ओलीले पहिचानको राजनीति गरेर विध्वस मचाउने काम भइरहेको समेत टिप्पणी गरेका छन्। तराईमा जारी पहिचानको राजनीतिलाई रुवान्डा नरसंहार सँगै जोड्दै प्रम ओलीले थारु जातिलाई विकासमा सरकारलाई सहयोग गर्नुपर्ने समेत बताएका हुन्।#दिनेशखबर