थारु समुदायको प्रमुख मौलिकपर्व माघीको अवसरमा “जय हो माघी” म्युजिक भिडियो आउदैँ।

[ आरएन चौधरी थारु ]

थारु समुदायको प्रमुख मौलिक चाडपर्व (माघी,तिला सङ्क्रान्ती,तिलासंक्राईत,खिचडी) नजिकिदै गैइरहेको छ। माघीकै अवसरमा थारु समुदायका कलाकारहरु एकपछि अर्को गर्दै नयाँ नयाँ थारु गीतको म्युजिक भिडियो छायांकन र युट्युबमा प्रसारणको तयारीमा जुटेको छ।

त्यसै क्रममा थारु गीत ” जय हो माघी” को म्युजिक भिडियो पनि चाडैंनै युट्युबमा सार्वजनिक भैइ दर्शकमाझ आउने भएको छ। सगरमथा मिडिया एण्ड ईन्टरटेइन्मेन्ट प्रस्तुति र मलिथम थारु सेवा समाज उदयपुरको उत्पादन रहेको यस् माघीको म्युजिक भिडियोको सम्पुर्ण छयांकनको काम सकिएकोले अबको दुईतीन दिन भित्रमा भिडियो र्दशकको माझमा ल्याउने तयारी गरिरहेको निर्माण टिमले जनाएको छ।

थारु समुदायको मौलिक पर्व माघीको बिशेषता बोकेको यस् गीतको शव्द तथा संगीत भिभास चौधरीको रहेको छ्। त्यस्तै गीतमा स्वर गायकद्धय आर.सी. चौधरी, भिभास चौधरी , विजय चौधरी र अनु चौधरीको रहेको छ।

जनक चौधरीको निर्देशन रहेको भिडियोमा मुख्य भुमिकामा सविता चौधरी,आरसी चौधरी, सम्झना लेखी ,उदय नारायण चौधरी,सबी चौधरी,डिएन खोहरीया थारु,भिभास चौधरी,विजय चौधरी र सिमा चौधरी लगायतको कलाकारलाई देख्न सकिन्छ ।

विमल चौधरी र राम नरायण खोन्माको नृत्य निर्देशन रहेको भिडियोको छयांकन सुमन तमाङ र कोशि भिजन फिल्म प्रा.लि इटहरीले गरेको कलाकार उदय नारायण चौधरीले बताउनुभयो।चौधरीका अनुसार भिडियोमा थारु समुदायमा प्रयोग हुने तथा लोप हुन लागेको सामाग्रीहरुको प्रयोग भएको वताए।

उदयपुर जिल्लामा छायांकन गरिएको साँस्कृतिक गितको यो पहिलो भिडियो समेत रहेकोले धेरै मेहनत गरेर तयार परिएको हुदाँ सम्पुर्ण दर्शक श्रोताको मन जित्न सफल हुनेमा आफु ढुक्क भएको बताउदै भिडियो युट्युबमा सार्वजनिक भएपछी सबैजनाले हेरिदिएर सल्लाह सुझाव पनि दिनुहुन चौधरीले अनुरोध गर्नुभएको छ।