टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरी जस्तो देखिने “डमी प्रहरी”।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटा चोकमा बुधबार एक डमी ट्राफिक प्रहरी राखिएको छ । कालो चस्मा, मास्क, ट्राफिक प्रहरीको पोशाक लगाएको, हातमा सचेतनामूलक सन्देश लेखिएको बोर्ड छोपेर सडकको बीच भागमा उभिएको एक डमी ट्राफिक, टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक जस्तो देखिने, लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले अहिले प्रदेशका विभिन्न स्थानहरुमा दुर्घटना न्यूनिकरण गर्न डमी प्रहरी राख्ने गरेको छ।

“डमी प्रहरी” को कारण सवारी दुर्घटना न्यूनिकरणका लागि सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । डमी देखेपछि ट्राफिक प्रहरी भए जस्तो मानेर सवारी गति कम गर्ने, सिटबेल्ट राख्ने, ट्राफिक नियम पालना हुने क्षेत्रीले बताए ।

जिल्लाको मुख्य बजार गोरुसिंगे र चन्द्रौटा चोकमा डमी प्रहरी राखिएको साथै जितपुर, तौलिहवामा सचेतनामूलक कार्यक्रमको आयोजना गरी छिट्टै नै राखिने समेत प्रहरी निरीक्षक क्षेत्रीले जनाए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेल, नेकपा जिल्ला सदस्य युवा नेता सरोज पौडेल, ओम थापा लगाएत युवाहरुको सहभागिता रहेको थियो ।