सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी कोल्हबीको १७ औं साधारणसभा सम्पन्न।

[ अभय दुबे ]


बारा:= बाराको कोल्हबी नगरपालिका वडा नम्बर.१ अवस्थित थारु सेवा सदनमा शनिबार आयोजित एक कार्यक्रमका बीच सहारा मलटीपर्पस को-अपरेटिभ सोसाइटी सेवाकेन्द्र कोल्हबीको १७ औं साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथीको रूपमा कोल्हबी नगरका कार्यपालिका सदस्य रत्नमाला चौधरीको रहेको थियो भने अतिथीहरुको रूपमा योगेन्द्र पनुहर ,जितेन्द्र चौधरी, धनन्जय पनुहर ,कल्यानी चौधरी ,गनिता चौधरी लगाएतको शेयर सदस्यहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा स्वागत मन्तब्य सुजिता उपाध्यायले गरेको थियो। कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी रत्नमाला चौधरीको भनाइ अनुसार यस भेगका किसान ब्यापारी लगायत विभिन्न समुदायमा बचत गर्ने बानी बसाइ यो सहारा सेवा केन्द्र कोल्हबी वास्तवमा सबैको सहारा बन्न सफल भएको छ। अगामी दिनमा यो संस्था अझै अगाडि बढोस् , सफलता पाइला टेकोस भनी शुभकामना दिइएकी थिइन्।

कार्यक्रमको अवसरमा यो संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सम्मानपत्र प्रदान गरि , दोसल्ला ओढाइ सम्मान गरेको थियो।

कोल्हबी नगरपालिका वडा नम्बर.१ बभनि गाउँका योगेन्द्र पनुहर उत्कृष्ट सेयर सदस्यको पदवीबाट सम्मानित भएका थिए। पनुहरलाई प्रमुख अतिथी चौधरीले दोसल्ला ओढाइ र प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए।

कार्यक्रममा सयौं सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सेवा केन्द्र कोल्हबीका प्रमुख राधेश्याम राय यादबले गरेका थिए।