थाकस युएईको पाँँचौ अधिवेशन सम्पन्न,समितीको नयाँ अध्यक्षमा खोर बहादुर महतो।

युएई := थारु कल्याणकारीणि सभा युएईले पाँचौ अधिवेशन सम्पन्न गरेको छ । रुपेश चौधरीको अध्यक्षतामा भएको अधिवेशनले सर्वसहमतिले नयाँ कार्य समिति चयन गरेको छ।

नयाँ कार्य समितिका अध्यक्षमा खोर बहादुर महतो, वरिष्ठ उपाध्यक्षमा लाल बहादुर चौधरी, उपाध्यक्षमा रुकमिणि चौधरी, जनक लाल चौधरी र भागरथी कुमार भगत चयन भएका छन् ।
त्यस्तै महासचिवमा खेम महतो थारु, सचिवमा धर्मराज महतो, कोषाध्यक्षमा श्रीकृष्ण चौधरी, सह कोषाध्यक्षमा भुपेन्द्र थनेत चयन भएका छन्।


राहत कोषको संयोजकमा शिव नारायण माझी थारु, सांस्कृतिक विभाग प्रमुखमा तुलसी प्रसाद महतो र सहायकमा रमन प्रसाद चौधरी, महिला विभाग प्रमुखमा पवित्रा महतो र सहायकमा सरस्वती चौधरी (सरु), प्रचार प्रसार विभाग प्रमुखमा रोशन महतो र सहयकमा सुर्य नारायण चौधरी चयन भएका छन्।


अधिवेशनबाटै २७ जना केन्द्रीय सदस्य समेत चयन गरेको छ । जसमा क्रमशः चुडामणी महता, जितेन्द्र महतो, मनोज खवास थारु, सन्जय रौताभागी चौधरी, सुरेश रौताभागी चौधरी, धनिराम थारु, दिपेन्द्र कुमार माझी, प्रेम चौधरी, रिना महतो, संगीता महतो, गुन बहादुर थनेत, बुद्धि राम महतो, अजय चौधरी, सञ्जीव चौधरी, श्यामकुमारी चौधरी, अभिषेक राज, लक्ष्मण थारु चौधरी, तुलसी कुमारी माझी, भुपेन्द्र कुमार सरदार रहेका छन्।


त्यस्तै जय प्रकाश थारु, शत्रुधन चौधरी, राम कुमार माझी, बीर नारायण चौधरी, सुमन तब्दार, विद्यानन्द चौधरी, रमानन्द चौधरी, तुलसी खा र जानकी महतो रेका छन् ।
कार्य समितिमा अझै केन्द्रीय सदस्य थपिने प्रचारप्रसार विभाग प्रमुख रोशन महतोले जानकारी दिए।


संस्थाको संरक्षकमा रुपेश चौधरी र घनश्याम प्रसाद चौधरी र सल्लाहकारमा बासु देव चौधरी र कमल चौधरी चयन भएका छन् । संस्थाले यूएइमा कार्यरत आफ्नो समुदाय लगायत आपतविपत भएको बेला सहयोग गर्दै आइरहेको छ।


नेपालमा बाढी पीडित र अन्य समस्यामा परेकाहरुलाई पनि संस्थाले राहतका लागि सहयोग गर्दै आएको प्रचारप्रसार संयोजक महतोले बताए । साथै राहत कोष स्थापना गरि टीकापुर राजबन्दी परिवारहरुलाई पनि आर्थिक सहयोग गर्दै आईरहेको छ।