मलेसियादेखी स्वदेश काठमाडौं फर्केका एक नेपालीमा कोरोना भाइरसको संक्रमण फ़ेला।

काठमाडौं:= मलेसियाको क्वालालम्पुरबाट नेपालको काठमाडौं फर्केका एकजना नेपालीलाई कोरोना भाईरस (कोभिड-१९) को संक्रमण देखिएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आरए–४१६ विमान मार्फत त्रिभुवन विमास्थलमा उत्रिएका विकासप्रसाद गुप्तालाई कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित बसेको सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न भनेको छ।

संक्रमित लिएर स्वदेश फर्केको जहाज कम्पनीले नै क्वारेन्टाईनमा राख्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा.बासुदेव पाण्डेले बताएको छ।

सो विमानमा आएका अरु २३ जनालाई समस्या देखिए महाशाखामा सम्पर्क गर्न भनिएको छ। अन्य यात्रुलाई घर पठाइएको छ।#Ratopati