एजेन्सी := साउदी अरेबिया सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै पुनः बन्दको अवधी थप गरेको छ , तर रोकेको अन्तर्राष्ट्रिय उडान अब एकतर्फी सञ्चालन हुने भएको छ।
साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान खुला गर्ने निर्णय गरेको छ। अब साउदीमा रहेकोले साउदी देश छोड्न पाउनेछ्न तर अन्य देशबाट साउदी प्रवेश गर्न पाउनेछैनन्। बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै साउदीले गएको मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको हो।
पहिले एक हप्तालाई उडान रोके पनि फेरि थप गर्दै आउँदो मंगलबारसम्मका लागि उडान बन्द गरेको हो । तर साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भने एकतर्फी उडान हुने साउदीले जनाएको छ ।