उच्च अदालतको निर्णयविरुद्ध थरुहट मोर्चाद्वारा आन्दोलनको घोषणा,प्रधानमन्त्रीको पुतलादहन गर्ने।

कैलाली (टीकापुर):= टीकापुर घटनाका बारेमा उच्च अदालत दिपायलको फैसला नश्लका आधारमा गरिएको आरोप लगाउँदै , थरुहट आन्दोलनकर्मी माथी लगाइएको झुट्टो मुद्दा खारेजीको जोडदार मागगर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लाहरुमा पुस १६ देखि फागुन २ गतेसम्मका लागी चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ।

‘नेपाल सरकारसँग अविलम्ब थरुहट राजबन्दीको निशर्त रिहाईसँगै १४ बुदे माग मुद्धा तथा भए गरिएका सहमित सम्झौताहरु अक्षरशः कार्यान्वयन गराउन जोडदार माग गर्दै थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाले आइतबार प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख छ।

मोर्चाका कार्यवाहक संयोजक श्रवण थारुद्धारा प्रकाशित बिज्ञप्तिमा भनिएको छ :
सम्मानित उच्च अदालत दिपायलले आफ्नो विवेक गुमाउँदै सरकार, पहिचना बिरोधी दल, नेताहरुको प्रलोभान र दवावमा परि पुर्वाग्रह पुर्ण ढंगले गरेको अन्याय र विभेदपुर्ण फैसला गरि झनै द्धन्द्ध चर्काउने काम गरेको छ।’

घोषित संघर्षका कार्यक्रममा पुस १७ गते टीकापुर घटनाको बारेमा उच्च अदालतलले गरेको फैसलाको बिरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र पुस १९ गते तराईका सबै जिल्ला सदरमुकाममा कालो पट्टी बाधेर बिरोध प्रदर्शन गर्ने गरेको छ।

त्यस्तै पुस २० गते कन्चनपुरको महेन्द्रनगर र २१ गते कैलालीको धनगढी सहित तराईका सबै जिल्लामा माघ १७ गतेसम्म बिरोध सभा गरिने बिज्ञप्तिमा उल्लेख छ । माघ १९ गते तराईका सबै जिल्ला प्रशासन कार्यालयमा घेराउ प्रदर्शन र ज्ञापनपत्र बुझाउने, माग पुरा गराउन दवावका लागि सरकारका हरेक काममा असहयोग गर्ने, राजनैतिक दल र नेताहरुसँग लबिङ गर्ने, प्रधानमन्त्री र मन्त्रीहरुको तराईका जिल्लामा निषेध गर्ने र कालोझण्डा प्रदर्शन गर्ने कार्यक्रम मोर्चाले घोषणा गरेको छ।

उच्च अदालत दिपायलले पुस २२ गते टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय साँसद रेशम चौधरीको आजीवन जेल सजाय सदर गरेको थियो भने यसअघि कैलाली जिल्ला अदालतबाट तोकिएको जेल सजाय भोगिसकेका लक्ष्मण चौधरी लगायतकोलाई आजीवन कैदको सजाय सुनाएको थियो । त्यस्तै राम प्रसाद चौधरीलाई छ बर्ष कैदको सजाय उच्च अदालतले सुनाएको थियो।

हेर्नुहोस मोर्चाले जारी गरेको प्रेस बिज्ञप्ति :