बारा := कलैया सिटी जेसिज को ११ औं साधारण सभा सभा तथा शाखा अधिवेशनमा वर्ष २०२० का अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ।
सो साधारण सभाबाट आउदो नयाँवर्ष सन् २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी टंकेश महतो जेसी विजय गिरी उपाध्यक्ष क्रमश जेसी सन्दिप साह, जेसी श्रवण प्रसाद साह, जेसी श्याम केशरी र जेसी राहुल सर्राफ लगायतको निर्विरोध निर्वाचित भएको छ ।
उक्त साधारण सभामा संस्थाका पुर्व अध्यक्षहरु जेसी गंगा सागर कुशवाहा, जेसी रामबाबु कुशवाहा, जेसी रामबालक राउत, जेसी धनिलाल सर्राफ लगायत कलैया सिटी जेसिज का सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।






















