उच्च अदालतको फैसला र संसद विघटन विरुद्ध जसपाद्वारा विरोध प्रर्दशन।

[ राम दहित ]

कैलाली:= उच्च अदालत दिपायलद्वारा गरेको फैसला प्रति विरोध जनाउँदै जनता समाजवादी पार्टीले धनगढीमा विरोध प्रर्दशन गरेको छ ।

पुस २ गते उच्च अदालत दिपायलले गरेको सांसद रेसम चौधरी लगायत ७ जनालाई जन्मकैद सुनाएको फैसला प्रति विरोध जनाउँदै प्रर्दशन गरेको हो । विरोध ¥यालीमा सांसद रेसम चौधरी लगायतलाई रिहाइको माग गरिएको छ ।

टीकापुर राजबन्दीहरुको मुद्दाको बारेमा उच्च् अदालत दिपायलले गरेको फैसला खारेज गर, मुद्दालाई राजनीतिक रुपमा खारेज गर भन्दै नारा सहित प्रर्दशन भएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी वलीद्वारा गरिएको संसद विघटन असंवैधानिक तथा प्रतिगामी रहेको भन्दै विरोध पर्दशन गरिएको छ ।