सु.प.नेपाली समाज मलेसियाद्वारा दुबै मृगौला पीडित तेज बिकलाई रु.५९,८८६ सहयोग।

[ दिनेश खड्का खप्तडी ]

क्वालालम्पुर (मलेसिया):= बझाङ जिल्ला निवासी दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा संकलन भएको आर्थिक सहयोग रकम नेपाली रु.५९,८८६ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका सुदुर पश्चिमेली नेपाली हरुले सामुहिक रुपमा मलेसियन रिंगेट आरएम १,०७७ सहयोग संकलन भएको थियो।

यस्तै मृगौला पिडित विकको परिवार आर्थिक रुपमा दयनीय अवस्था भएको र सहयोग अपिललाई आत्मसात गर्दै समाजले एक अभियान सन्चालन गरि मलेसियान (आर एम) १०२९ आर्थिक सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामीले बताउनुभयो ।हाम्रो यो सानो सहयोगले केहि हत सम्म मल्हम लगाउने आफुले विश्वास गरेको उनले भने।

[ अस्पतालमा उपचाररत मृगौला पीडित तेज बिक ]

सुदूरपश्चिम प्रदेश बझाङ्ग केदारस्यु गाउँ पालिका वडा नम्बर ४ का तेजबहादुर बिक लामो समय देखि दुई वटा मृगौला फेल भएर भारत नर्थ ब्याङलोर अस्पतालमा आफन्तहरुको सहयोगबाट उपचार भइरहेको छ।

सामाजिक क्षेत्रमा क्रियासिल कोषाध्यक्ष धनबहादुर भाटको संयोजकत्वमा आर्थिक संकलन अभियान सन्चालन गरि उक्त रकम सहयोग गरेको सुदुरपश्चिमेली नेपाली समाजका मलेसिया बरिष्ठ उपाध्यक्ष विरेन्द्र धानुकले बताए।

समाजले सन्चालन गरेको माशिक कार्यक्रमको उदेश्य बमोजिम स्वास्थ्य,शिक्षा तथा खेलकुद लगायत परोपकारी कार्यक्रम अन्तर्गत पिडितलाई आर्थिक सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समिर मल्लले बताए।

उक्त अभियानबाट संकलन भएको मलेसियान (आर.एम) २०९१ पिडितका बुवा ध्वज बिकको नाम’मा(आइएमई)मार्फत भारत पठाएको अभियानका संयोजक धनबहादुर भाटले बताउनुभयो।मासिक पाचौं चरणको यो अभियानमा साथ समर्थन सहयोग गर्नु हुने सम्पुर्णलाई समाजले हार्दिक धन्यवाद ज्ञापन गरेको जानकारी महासचिव डम्बर विश्वकर्माले दिए ।