सभामुख सरोज यादवको पहलमा ट्रान्सफर्मर जडान भएपछि स्थानीयवासी हर्षित।

[ अभय दुबे ]

बारा:= आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ टावर जमुनियामा विद्युत ट्रान्सफर्मर जडान गरेपछि गाउँबासी ख़ुशी भएका छन । यो भन्दा अघि एउटा ट्रान्सफर्मर बाट वडाको टावर जमुनिया गाउँका करिब १ सय ५० घरधुरीमा विद्युत सप्लाई हुन्थ्यो ।

त्यहाँका स्थानिय विद्युत अपुग कै कारण खेती गर्नका लागि मोटरबाट पानी तान्ने समस्या झेल्दै आईरहेका थिए । यही समस्यालाई ध्यानमा राख्दै प्रदेश २ का सभामुख सरोज यादवको विशेष पहलमा नया बिद्युत ट्रान्सफर्मर जडान गरिएको छ ।

बर्षौदेखी झेल्दै अाएको समस्यालाई सभामुखले समाधान गरिदिएपछि स्थानिय हर्षित भएका छन् । एउटा ट्रान्सफर्मरले बद्युत सप्लाई गर्दा हामी किसान मारमा परेका थियौ, अहिले त यो समस्या हट्यो स्थानिय अहमद हुसैनले भने ।

सभामुखको विशेष पहल र नेपाल बिद्युत प्राधिकरण उपबितरण केन्द्र सिम्रौनगढ़को प्राबिधिक सहयोगमा ५ लाख रुपैया बराबरको ५० केभीको बिद्युत ट्रान्सफर्मर जडान गरिएको हो ।

नया ट्रान्सफर्मर बाट करिब २ सय ५० किसान लाभाम्बित हुने बिश्वास गरिएको आदर्श कोतवालका युवा नेता सदाम अंसारीले बताए । उनले भने स्थानियको समस्या निकट पुगेर हामीले काम गर्छौँ, अझै गर्नुपर्ने धेरै बाँकी छ ।

कृषि कार्यको लागि ट्रान्सफर्मर जडान गर्न सहयोग गर्ने सभामुख सरोज यादव र युवा नेता सदाम अंसारीलाई टावर जमुनियाका जनताले धन्यवाद दिएका छन् ।