श्री निवास र अनुको स्वरमा सजिएको गीतको भिडियोमा हिरा र कल्पनाको मनमोहक अभिनय।

कपिलवस्तु := थारु गीत तथा म्युजिक भिडियोहरु एकपछि अर्को गरि धमाधम युट्युबमा रिलिज हुँदै हिट भैरहेको अवस्थामा दर्शकस्रोताहरु पनि उत्तिकै बढ्ने क्रम जारी छ।

पछिल्लो समय डिजिट्ल माध्यम टिकट्कमा निकै भाईरल गीत ( माया के डोलि ) बोल बाट चर्चा पाएको गीत सास् से सास मिलाके छैली नामको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा अहिलेका थारु समुदाय का सुपरहिट युगल जोडि गायकगायिका श्री निवास थारु र अन्नु चौधरी को सुमधुर स्वरमा सजिएको छ। गीतमा शब्द सृजना केशव राजबँशीले गरेका हुन, भने श्याम चौधरीले संगीत भरेका छन। ड्रीम्स रेकर्डिङ्ग स्टुडियो काठमाडौमा रेकर्ड गरिएको उक्त गित लाई दिपेन सिङ्ग धामी रेकर्ड गरेका छन भने प्रकाश केसिले मास्टर मिक्सिङ्ग र ब्यवस्थापन गणेश चौधरीले गरेका हुन।

अहिलेका निकै चर्चित निर्देशक तथा कोरियोग्राफर,मोडल हिरा चौधरी र उनकै श्रीमती कल्पना चौधरीले अभिनय गरेका छ्न। कल्पना एक द्शकपछि पुनः म्युजिक भिडियोमा कम्ब्याक गरेकी छिन् ।

पहिले पहिले कल्पनाले थुप्रै थारु तथा भोजपुरी गीतको भिडियोहरुमा अभिनय गर्नुका साथै गायक श्री निवास थारु सङ्ग पनि एक दशक अघि जाइटु खोजे मै आपन मन्जिल हे बोल को गितमा अभिनय गरेकी थिईन् ।

यस् म्युजिक भिडियोको निर्देशन स्वयम् हिरा चौधरीले नै गरेका हुन , भने छायांकन लक्ष्मण घिमिरे, सम्पादन सुरेश चौधरी,ड्रोन बिक्रम चौधरी,ड्रेस डिजाइन अनिता तमाङ्ग ,शृङ्गार सरु वलिको रहेको छ।

यस् भिडियो पश्चात् केहिदिनपछि पुनः अन्नु चौधरी र श्री निवासको युगल आवाजमा रहेको धक धक करे मोरे जिया बोलको गीत र गायक श्री निवास र निकिता थारुको आवजमा रहेको चितौनिया भाषाको गीत रि सौरी बोलको गीतको छायांकन,सम्पादन सकिएर अबको केही दिनमा रिलिज गर्ने तयारीमा रहेको गायक श्री निवासले बताएका छन।