शिवराज सहकारीको ५ औं साधारणसभा सम्पन्न।

[ राम अवतार चाैधरी ]

चन्द्राैटा(कपिलवस्तु):= कपिलवस्तुको शिवराज-३, खरेन्द्रपुरमा शिवराज कृषि सहकारी संस्थाको ५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ। सहकारीले गत आर्थिक वर्ष २०७६/०७७ मा ६९ लाख ५३ हजार २६३ रूपैयाँ बराबरकाे काराेबार गरेकाे सहाकारीकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ।

यस्तै शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चाैधरीले स्थानीय लगायत प्रदेश सरकारले कृषि क्षेत्रमा व्यापक लगानी गर्दै अाएकाे बताएका छन् । पालिकाकै कुरा गर्ने हाे शिवराजकाे कृषिमा सबै भन्दा बढी लगानी भएकाे उनले बताए । कुनै संस्था वा व्यक्तिले जग्गा लिजमा लिएर व्यवसायिक खेतीपाति गरेकाे छ भने सरकारले भाडा तिर्दै अाएकाे जनाए । कृषि पेशा गर्नेले परम्परागत हाेईन् अाधुनिक तरिकाले गरे मात्रै अार्थिक समृद्धि हुने समेत प्रमुख चाैधरी जिकिर गरे।

उक्त सहकारीको अध्यक्ष केरसिङ अदैले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहाकारीले सदस्हरूलाई व्यवसायिक खेती गर्न उत्प्रेरित गरेकाे साथै बचत गर्ने कार्य प्रशंसायाेग्य रहेकाे समेत उनले उल्लेख गरे। साेही सहकारीको सल्लाहकार चेतनारायण खनाल लगायतको सहभागिता र संस्थाको सचिव नारायण प्रसाद खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे।