हेटौंडा := वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि मलेसियामै कार्यरत रहि केहि महिना अगाडि मात्रै आफ्नै जन्मभुमि देश नेपाल् फर्किएका नेपाली युवा राजेन्द्र वाईबा तामाङले नेपालमै आफ्नै ब्यापार,व्यवसायको सुरुवात गरेको छ।
वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा कररा चोकमा रहेको इन्द्र सपिङ मार्टको तेस्रो तल्लामा स्काई भ्यु रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याइ ब्यवसाय सुरु गरेको हो।
स्काई भ्यु रेष्टुरेन्ट नामको उक्त रेष्टुरेन्ट मिति २०७७/मंसिर/२३ गते हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष श्री नबिन सिग्देलद्धारा उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा नेकपा जिल्ला सदस्य श्री सुनिल मोक्तान तामाङ लगायत विभिन्न राजनैतिक र व्यवसायी ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

लामो समय प्रवास मलेसियामा कार्यरत रहदा नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पुर्व अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै आएका उनले कर्मथलो लाई विट मार्दै स्वदेश फर्किएका थिए।
“पसिना प्रवास,विदेशमा हैन स्वदेशमै आफ्नै देशमै बगाउ” भन्ने हेतुले रेष्टुरेन्ट संचालनमा ल्याएको वाईबाले मलाया खबरलाई बताउनुभयो। उनका अनुसार रेष्टुरेन्ट व्यवसाय रोज्नुको कारण नेपालमा पर्यटनको सम्भावना धेरै रहेको र पर्यटन प्रबर्द्धनका लागि होटल रेष्टुरेन्ट आवश्यक रहेकोले रेष्टुरेन्ट ब्यवसायमै लागेको बताउनुभयो।
साथै रेष्टुरेन्ट उद्घाटनको क्रममा वाईबाले बोल्दै भन्नुभयो “यस् रेष्टुरेन्टमा जन्मोत्सव पार्टी,गेटटुगेदर कार्यक्रम पार्टी लगायत आयोजना गर्न सकिने भएकोले एकचोटि सेवा गर्ने मौका दिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु भन्नुभयो।”

























