[ चन्दाकुमारी महतो ]
नवलपरासी := स्वर्गीय अन्तराम महतोको परिवारलाई २५ हजार ५ सय ६० सहयोग रकम हस्तान्तरण गरिएको छ ।
इको टुरिजम युथ क्लब अमलटारी को सहकार्यमा यु ए.इ मा बसोबास गर्ने नवलपुरका प्रवासी युवाहरुले उपचारका लागि जम्मा गरेको नगद रु. २५ हजार ५ सय ६० परिवारलाई केहि सहयोग होस् भनेर शनिवार एक कार्यक्रमका विच सो रकम हस्तानतरण गरिएको हो ।
सहयोग हस्तानतरण कार्यक्रममा कावासोती नगरपालिका वडा न १५ को वडा अध्यक्ष देब नारायण महतो , रिट्नि माइग्रेट गण्डकी प्रदेश अध्यक्ष नेत्र नारायण थनेत , था क स यु ए इ का नि बर्तमान अध्यक्ष दिपेन्द्र राज थनेत , ईको टुरिजम युथ कल्व का उपा अध्यक्ष परमेश्वर महतो , इको टुरिजम युथ क्लब संरक्षक मान महतो मान महतो लगाएतको उपस्थिती रहेको थियो ।
सहयोगका लागि अहम भुमिका खेलेका थ.क.स यु ए इ का सचिव धर्म राज महतो र महासचिव खेमनारायण महतो लगायत सम्पूर्ण सहयोगी हातहरु प्रर्ती स्व. महतोका परिवारले आभार आभार व्यक्ति गर्नु भएको छ । कावासोती १५ गोडार निवासी स्व.अन्तराम महतो लामो समय देखि टिउमरका विरामी थिए । उहाँ को उपचार नेपालमा सम्भब नभए पछि भारतको एक अस्पतालमा उपचार भैरहेको थियो ।






















