क्वालालम्पुर ( मलेसिया ):= मलेशियामा विदेशी श्रमिकमा कोभिड-१९ को संक्रमण देखिएपछि बन्द गरिएका टप ग्लोव्सका केहि कारखानाका श्रमिक बस्ने होष्टलमा थप कडाई गरिएको छ । आवतजावतमा लगाइएको बन्देजलाई थप कडाई गर्दै यस अगाडी कोभिड परीक्षण गरेर नेगेटिभ आएको भएपनि सवै श्रमिकहरु अनिवार्य रुपमा १४ दिन क्वारेण्टीनमा बस्नुपर्ने नियम लगाइएको मलेशियाका स्थानीय सञ्चार माध्यमहरुले समाचारमा लेखेका छन् ।
क्लाङ र मेरु स्थित कम्पनीहरुका होष्टलहरुमा यस्तो कडाई गरिएको हो । यो निर्णयसँगै अव डिसेम्वर १४ तारिख सम्म ति कम्पनीमा काम गर्ने श्रमिकहरु क्वारेण्टीनमा बस्नु पर्नेछ । मलेसियाका बरिष्ठ रक्षामन्त्री ईस्माईल साब्री याकोबले यस अगाडी लगाइएको बन्देजलाई अझ बढाइएको बताएका हुन् ।

उनले सो क्षेत्रमा हाल पनि कोभिड-१९ को संक्रमण भएका व्यक्तिको संख्या ठूलो रहेको बताए । उनले ति होष्टहरुमा बस्ने सवैको अनिवार्य कोभिड परीक्षण गरिएको र नेगेटिभ नतिजा आएपनि उनीहरुलाई पनि उच्च जोखिममा रहेकाहरु भनेर क्वारेण्टीनमा राखिएको हो ।
टप ग्लोव्सका केहि कारखानामा कार्यरत श्रमिकहरुमा ठूलै संख्यामा कोभिड-१९ को संक्रमण देखिएपछि केहि कारखाना बन्द छन् । टप ग्लोव्सका ति कारखानामा काम गर्ने विदेशी श्रमिकहरु होष्टलमा तथा मलेशियनहरुलाई उनीहरुकै घरमा क्वारेण्टीनमा राखिएको र सो समयावधि थपिएको जनाइएको छ।




















