उदासीपुरमा लवाङ्गी पूजा कार्यक्रम।

[ राम दहित ]

कैलाली:= गौरीगंगा नगरपालिका वडा नं. १०, उदासीपुरमा आज लवाङ्गी पूजा कार्यक्रम २०७७ आजदेखि सुरु हुने भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु बैद्धिक गुरुवा प्रशिक्षण केन्द्र ओ थारु संग्रहालय बनैना हमार साझा अभियान’ भन्ने मूल नारा सहित हुन गईरहेको कार्यक्रममा वडा अध्यक्ष पदम बहादुर ऐरद्वारा आज दिनको ३ बजे कार्यक्रम उद्घाटन हुने जनाएको छ।


थारु गुरुवा बैदावा समाज सेवा समिति र गौरीगंगा नगरपालिका अन्र्तगतका बडघर भलमन्सा समाजको आयोजनामा विगत ३ वर्ष देखि यो कार्यक्रम हुँदै आएको छ । थारु भाषा, कला संस्कृति, र बैद्धिक गुरुवा प्रशिक्षण केन्द्र लगायत थारु संग्रहालय बनाउने उद्देश्यका साथ जारी अभियानमा सबैको साथ सहयोगले उदासीपुरमा थारु देउथान र बैठक घर बनाउन सफल भएको आयोजक समितिका प्रचार विभाग प्रमुख दिनेश दहितले बताए।


३ कठ्ठा क्षेत्रफलमा रहेको थारु देउथानमा यस वर्ष थारु संग्रहालयका लागि जग निर्माण हुने प्रचार विभाग प्रमुख दहितले बताए । थारु संग्रहलाय निर्माणका लागि वडा नं १० ले ५ लाख बजेट समेत विनियोजन गरेको उनले बताए।


लवाङ्गी पुजाको कार्यक्रम अन्र्तग आज राति थारु गुरुवाहरुले गुरै खेल्ने कार्यक्रम रहेको छ । विगत वर्षमा विभिन्न किसिमका सांस्कृति कार्यक्रम समेत हुने गरेकोमा यस वर्ष कोरोनाले गुरुवाहरुको मात्रै कार्यक्रम राखेको आयोजकले जनाएको छ । कार्यक्रम भोलि १७ गते सम्पन्न हुने जनाएको छ।