कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज कार उपहार दिने।

काठमाडौं := कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ । कतार सरकारले दिने ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ –१८० सिरिजका ३ वटा कार स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यी कार सरकारी प्रयोजनको लागि स्वीकार गरिएको हो । कतारले यसअघि पनि ६ वटा मर्सिडिज कार नेपाललाई उपहार दिएको थियो। हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको सरकार का प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

विश्वकै आरामदायी र महंगोमध्येको एक चर्चित मानिन्छ मर्सिडिज कार । यस्तै बैठकले नेपाल सरकार कार्य सम्पादन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयको पस्तावमा नवौं प्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।