६ वर्षीया बालिका गुलाबको हत्या आरोपित युवकको घरमा स्थानीयले लगाइदिए आगो।

काठमाडौं := महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेलाई काठमाडौं ल्याउने तयारी थालिएको छ।

घाइते न्यौपानेलाई गोली लागेपछि बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचारका लागि लगिएको थियो । साथै लाठी चार्जका क्रममा श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भईरहेको छ।

बिहानैदेखि बन्द भएको पूर्व-पश्चिम रामार्ग अन्तर्गत बर्दिबास-ढल्केबर सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ।

सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपितको घरमा आगजनी गरेका छन्ब। र्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन्।

उनको शव सोमवार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । मदिराको नसामा घर पुगेका साहले आफूले बालिकाको हत्या गरेको बताएसँगै उनलाई पक्राउ गरेको थियो । ती बालिका चकलेट किन्न गएको र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या आरोपमा मंगलवार स्थानीयले बर्दिवासमा मंगलबार (आज) बिहानैदेखि प्रदर्शन गरेका थिए । बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।आरोपित यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको बुझिएको छ।