काठमाडौं:= समाजिक संजाल टिकटकमा चर्चित नामकि तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि राजधानी काठमाडौंमा दुर्व्यवहार भएको घटनाको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेको छ।
साइबर ब्युरोले अनुरोध गरेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरले विशेष जोशीलाई पक्राउ गरेको तर घटनामा दुर्व्यवहार गर्ने व्यक्ति अझै पक्राउ नपरेको तर उनीहरुको खोजीकार्य पनि जारी रहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताएकी छिन्।
एसपी थापाका अनुसार प्रारिम्भक सोधपुछका क्रममा उनले आफूले भिडियो अपलोड मात्र गरेको भनेका छन् । थप अनुसन्धानका लागि जोशीलाई ब्युरोमा पठाउने तयारी भक्तपुर प्रहरीले गरिरहेको बताए।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइवर ब्युरोलाई निर्देशन दिइएको थियो , त्यही अनुसार.जोशीलाई पक्राउ गरिएको हो।
त्यस्तै निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यबहार गर्ने ब्यक्तिहरुलाई कारबाही गर्न यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपाल र निलहिरा समाजले माग गरेका छन् ।
दुई संस्थाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार र हकलाई कुण्ठित गरिएको भन्दै कारबाहीका लागि प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेको छ।




















