प्रधानमन्त्री पदबाट ओलीलाई जसरी नि हटाउनैपर्ने: डा.बाबुराम भट्टराई।

काठमाडौं:= जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताउनु भएको छ।

डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत् यस्तो धारणा व्यक्त गर्नु भएको हो । 

भट्टराईले सरकारको असफलता/भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गर्नु भएको छ । उहाँले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने समेत  उल्लेख गर्नु भएको छ।