विदामा नेपाल गएकाहरु पुनः मलेसिया फर्किदैँ, फर्केका मध्य एक नेपालीमा कोरोना संक्रमण।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= नेपालबाट मलेसिया फर्केका पुनः एक नेपाली नागरिकमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण भेटिएको छ।

मलेसियाको स्वास्थ्य मन्त्रालयको निर्देशकले नियमित प्रेस व्रिफिङका क्रममा सो जानकारी दिइएको हो। पछिल्लो समयमा मलेसियामा कोभिड-१९ का संक्रमितको संख्या दिनहुँ बढिरहेको र सयौं मानिसको मृत्यु भएको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ।

संक्रमित हुनेहरु मध्य सयौंको संख्यामा नेपाली कामदारहरु पनि रहेको जनाएको छ।
तर अहिलेसम्म कोरोनाले कुनै नेपाली नागरिकको ज्यान भने नगएको तथ्यांकले देखाउछ।

मलेसियाले कोरोना भाइरसलाई मध्यनजर गर्दै नयाँ विदेशी कामदार भर्ना तत्कालको लागी बन्द गरेको भएतापनि , संक्रमणको बिचमा नेपाल विदामा फर्केका केही नेपालीहरु भने सरकारको मापदण्ड पूरा गरि पुनः मलेसिया प्रवेश गरिरहेको छ।

सरकारले प्रवेश यात्राको लागी तोकेको कानुनी लगायत अध्यागमन बिभागको आवश्यक कागजात सम्बन्धि मापदण्ड,प्रक्रिया रोजगारदाता कम्पनीको सहयोगमा यात्रा अनुमतिपत्र लगायतको कार्य पूरा गरि , अनुमति लिएर पुनः मलेसिया फर्किनेहरुको क्रम जारीनै रहेको छ।

सोही क्रममा यता केलाङमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत ३ जना नेपाली कामदार संक्रमणको बिचमै पुनः मलेसिया प्रवेश गरेको जानकारी प्राप्त भएको छ।

[ तस्बिरमा नेपाल विदामा गएर पुनः मलेसिया फर्केर क्वारेन्टाइनमा बसिरहेको नेपाली युवा : प्रजेश थारु ]

ति कामदारहरु कोरोना संक्रमणको बिचमै नेपाल विदामा गएका थिए। गत शुक्रबार १३ तारिख मलेसिया प्रवेश गरेका ति तिनैजना कामदारहरु होटेल क्वारेन्टाइनमा सुरक्षित साथ बसिरहेको र कोरोना सम्बन्धि पिसिआर लगायतको टेस्ट गराइ रिपोर्टको पर्खाइमा रहेको स्वयंम ती कामदारहरुले मलाया खबरलाई बताएको छ।
क्वारेन्टाइन खर्च लगायत अन्य खर्चहरु पनि सबै रोजगारदाता कम्पनीलेनै ब्यहोरेको बताएको छ।